Tuesday, April 7, 2009

Best dressed Woman of the Year


चेल्सीका फुटबल स्टार एस्ले कोलकी पत्नी तथा X-Factor कि निर्णायक Cheryl Cole, "Best dressed Woman of the Year" र "Style icon of the Decade" भएकि छन। आफ्नो स्टाईलले धेरैको मन जित्न सफल उनले मेरिकि राष्ट्रपती बाराक ओबामाकी पत्नी मिचेल ओबामा र अर्की फ्रान्सेली हस्ती कार्ला ब्रुनीलाई पछी पार्दै यो उपाधी हात पारेकि हुन।
The Style Network टेलिभिजन द्वारा गरिएको सर्भेक्षणमा २०-६० वर्ष सम्मका ३,००० महिलाहरुले भाग लिएका थिए। महिलाहरु कुन उमेरमा बढी स्टाईलिस हुन्छन भन्ने बारे गरीएको सर्भेमा महिलाहरु २५-३० वर्षको समयमा बढी स्टाईलिस हुने गरेको पनी पाईएको थियो।
प्रत्येक वर्ष ब्रिटिस महिलाहरुले २० जोर जुत्ता किन्ने गरेको पनी सर्भेक्षणमा पत्ता लागेको थियो। त्यस्तै ग्ल्यामर म्याजजीनले गरेको मत सर्वेक्षणमा पनी उनले प्रसिद्द मोडल Kate Moss लाई पछाडी पार्दै "best dressed woman of 2009" उपाधी हात पारिन। त्यस्तै अर्की मोडल Katie Price भने "worst dressed woman of 2009" को रुपमा सबैभन्दा बढी मत पाईन।

1. Cheryl Cole
2. Kate Moss
3. Victoria Beckham
4. Alexa Chung
5. Blake Lively
6. Katy Perry
7. Agyness Deyn
8. Katie Holmes
9. Rihanna
10. Rachel Bilson

No comments:

Post a Comment