Tuesday, April 7, 2009

जाडोमा छालाको स्याहार कसरी गर्ने?


मौसमको परीवर्तन सँगै हाम्रो छालामा पनि तापक्रम परीवर्तनको असर देखिने गर्दछ। हामी संसारको जुनसुकै ठाँउमा बसे पनि मौसम परीवर्तनको असर हाम्रो छालामा पर्ने गर्दछ। अहिले गर्मी सकिएर जाडो शुरु हुने बेला भएकाले जाडोमा चिसोको असरबाट आफ्नो छालालाई बचाउने केही उपयोगी कुराहरु तल दिईएको छ:

-दिनको शुरुवात तातो पानीले नुहाएर गर्नुहोस, तर त्यस बाट बाहिरीनु अघि करिब ३० सेकेन्डका लागी चिसो पानी प्रयोग गर्नुहोस र फेरी तातोको मात्रा बढाउनु होस। यसरी २-५ मिनेट सम्म गर्दा हाम्रो शरिरको रक्तसंचार प्रणालीमा उत्तेजना पैदा भई छालालाई पुनर्जीवित गराउँछ।

-तपाईले आफ्नो छालामा असल किसिमको मस्चराइजर प्रयोग गर्नुहोस तर अनुहारमा लगाउने लोसन हात, खुट्टा आदीमा नलगाउनु राम्रो हुन्छ।

-तपाईले सकेसम्म बजारमा आएका रसायन युक्त क्रीमहरु भन्दा घरेलु चिज प्रयोग गर्दा तपाईको छालामा दिर्घकालिन असर पर्दैन।


-मुहारमा दुधको तर, भटमास, घिउकुमारी र जौ को मिश्रण लगाएमा अनुहारमा कान्ति आँउछ।


-ओठमा फुटने समस्या भएकाको लागी फर्सीको बिँयालाई पिनेर पेस्ट बनाई लगाएमा फाईदा गर्दछ।

-कम्तीमा हप्ताको २ पटक छालाको कत्ला झार्नुहोस, यसो गर्दा छालाका मृतकोषीकाहरु हटी छालालाई आद्रता प्रदान गर्दछ।

-प्रत्येक दिन बिहान एक ग्लास कागती पानी पिउनाले शरिरबाट विषाक्त तत्वहरु बाहिर गई रगतलाई सफा गर्दछ।

-निद्रा आफैमा धेरै जसो रोगहरुको समाधान भएकाले मस्त सँग निदाउनु होस। निद्रा कमी भएमा शरिरमा अक्सिजनको मात्रामा कमी भई छालामा नयाँ कोषीकाहरु बन्न पाउदैनन र छालामा खराबी देखा पर्दै जान्छ।

यदि तपाईले यी कुराहरुमा ध्यान पुर्žयाएमा जाडोमा तपाईको छाला सुख्खा हुने र अन्य समस्या देखिने क्रम पहिले भन्दा निकै कम भएर जान्छ।

No comments:

Post a Comment