Tuesday, April 7, 2009

कपाल हेरचाह गर्ने तरिकाहरु



कपाल हामीलाई सुन्दर र आकर्षक देखाउने हाम्रो शरिरको महत्वपूर्ण तत्व भएकाले यसको हेरचाह गर्नु जरुरी छ। जाडोको समयमा पर्याप्त हेरचाहको कमी र सरसफाईको कमीले गर्दा हाम्रो कपाल झर्ने, चाँया पर्ने र छिटै फुल्ने समस्या देखा पर्दछ। त्यसैले कपालको राम्ररी हेरचाह गर्ने तरिकाको बारेमा पुरानो वानेश्वर, काठमाडौं स्थित विपासा ब्युटिपार्लरकि ब्युटिसियन पूर्ण्यश्वरी बज्रले दिएका कपाल हेरचाह गर्ने केही टिप्सहरु यस प्रकार छन।

-जाडोमा पर्याप्त हेरचाहको कमीले गर्दा धेरैमा चाँयाको समस्या देखा पर्ने हुनाले चाँया परेको कपालमा शुद्द तोरीको तेल लगाउने गर्नु पर्दछ। यस बाहेक नियमित रुपमा वयल मसाज गर्ने, स्टिमरमा बस्ने र हेड प्याड लगाउने गर्नु पर्दछ।

-सकेसम तेल लगाउंदा आफ्नो छाला अनुसारको तेल प्रयोग गर्नु पर्दछ र कपाल झर्ने समस्या भएकाले ओलिभ oil र नरिवलको तेल पनी लगाउन सकिन्छ। धेरै कपाल झर्ने समस्या भएकाले सकेसम्म चिसो पानीले नुहाउने गर्नु हुदैन।साथै पेटको रोग भएको बेला र टेन्सनले पनी कपाल झर्ने हुनाले यी कुराहरुमा पनी विचार पुर्याउनु पर्दछ।

-धेरै तातो पानीले नुहाएको बेलामा पनी कपाल झर्न सक्ने हुनाले सकेसम्म मन तातो पानीले नुहाउने बानी गर्नु पर्दछ।

-कपालमा स्याम्पू प्रयोग गरे पछी कन्डिसनर प्रयोग गर्नु राम्रो हुन्छ तर कन्डिसनर प्रयोग गर्दा कपालमा मात्र लगाउनु पर्दछ र छालामा नपर्ने गरी लगाउनु पर्दछ।

-कपालमा मेहदी लगाउने बेलामा त्यसमा एक रात अगाडी मेहदीमा अण्डाको सेतो भाग, मेथीको पाउडर, दही, त्रिफला, अमला तथा कागतीको रस मिसाएर लगाउने गरेमा चाँया बाट छुटकारा पाउन सकिन्छ।

- धेरै कपाल झर्ने समस्याको लागी झमझम तेलको प्रयोगले नयाँ कपाल आउने र झर्न रोकिने हुन्छ, अझ तेलमा अदुवाको रस पनी मिसाएर लगाएमा कपाल अझै राम्रो हुन्छ र झर्ने समस्याबाट पनी छुटकारा मिल्छ।

-कपाल नुहाउँदा धेरै माडने नगरेर हल्का तरिकाले नुहाउने गर्नु पर्दछ र हप्तामा २-३ पटक नुहाउने गरेमा कपालको साईनिङ बढनुका साथै कपाल बलियो पनी हुन्छ।

-कपालको टुप्पाहरु सकेसम्म प्रत्येक ३-६ महिनामा काटने गरेमा कपाल लट्टा पर्दैन।

No comments:

Post a Comment