Tuesday, April 7, 2009

कपाल स्ट्रेट गर्नको लागी केही तरिकाहरु


शरिरका अन्य अंगहरु जस्तै कपालको पनी उचित हेरचाह र स्याहार गरेमा यसले कुनै पनी मानिसको सुन्दरतामा सहयोग पुग्दछ, यो कुरामा कुनै दुई मत नै छैन। कपाल हाम्रो सुन्दरताको प्रतिक पनी हो। कपालको भिन्नै स्टाईलले पनी तपाईलाई अरु भन्दा फरक र आकर्षक देखाउन मद्दत गर्छ। त्यसैले अहिलेका धेरै युवायुवतीहरुले आफ्नो कपाललाई नयाँ-नयाँ स्टाईल दिने गरेको पाईन्छ। त्यो मध्ये स्ट्रेट कपाल पनी अहिले धेरैको रोजाई बनेको छ। अहिले धेरैले आफ्नो कपाल स्ट्रेट गरेको देख्न सकिन्छ। त्यसैले स्ट्रेट कपाल गर्ने विधी सम्बन्धी केही टिप्सहरु यस प्रकार छन।

-कुनै पनी कपाल कसरी स्ट्रेट गर्ने र कति सम्म रहन्छ भन्ने कुरा कपाल स्ट्रेट कपालको क्वालिटीमा भर पर्दछ। कपाल स्ट्रेट गर्ने बेलामा कपालमा कलर गरेको हुनुहुदैन। कपाल स्ट्रेट गरिसके पछी कम्तिमा ३ र बढीमा ६ महिना सम्म रहिरहन्छ तर कपाल स्ट्रेट गर्दा कर्लीमा खस्रो छ भने स्ट्रेट गरेको राम्रो हुन्छ।

-कपाल स्ट्रेट गर्ने समयमा राम्रो कम्पनीको स्ट्रेट लोसन प्रयोग गरेमा राम्रो हुन्छ जसले कपाल लामो समय सम्म कपाल स्ट्रेट रहिरहन मद्दत गर्दछ तर कपालमा स्ट्रेट लोसन लगाउदा सकेसम्म जरामा नपारी लगाउनु पर्दछ।

यदी तपाई आफै घरमा आफ्नो कपाल स्ट्रेट गर्न चाहानुहुन्छ भने निम्न कुरामा ध्यान दिनु जरुरी छ।

-सर्वप्रथम कपाललाई रामरी पखाल्ने र सुकाउने,

-बिग्रेको र ड्यामेज कपाललाई निकाल्ने,

-लोसन लगाउने:- यदी लामो र खस्रो कपाल छ भने लोसन लगाए पछी ५० मिनेट जती राख्ने र यदी मसिनो छ भने ४० मिनेट सम्म राखे पुग्छ।

-त्यस पछी फेरी कपाल लाई पखालेर सुकाउने,

-त्यस पछी राम्रो कम्पनीको आईरन लिएर थोरै थोरै कपाल लिएर कम्तिमा १० पटक सम्म तान्ने,

-त्यस पछी सेकेन्ड लोसन लगाउने र कपालको स्थिती र क्वालिटी अनुसार निश्चित समय सम्म राखेर पखाल्ने,

-कपाल राम्ररी सुकिसकेपछी बिग्रेको कपाल लाई निकालेर फेरी तेम्पोररी आईरन गर्ने,

-२-३ दिन सम्म कपाल लाई नभिजाउने र पछी राम्रो ब्युटिसियन सँग सल्लाह लिएर ट्रिटमेन्ट गर्ने यसो गरेमा कपाल राम्रो हुन्छ र लामो समयसम्म स्ट्रेट रहन्छ।

-कपाल स्ट्रेट गरिसके पछी हप्तामा २-३ पटक भन्दा बढी ननुहाउने,

-नुहाउनु अघी कपालमा तोरी वा जैतुनको तेल लाई मन तातो गराई जरा-जरामा लगाउने र हल्का मसाज गर्ने,

-कपाल हुहाउदा राम्रो कम्पनीको स्याम्पू प्रयोग गर्ने र क्रिम लगाउदा राम्रो खालको लगाउने र ५-१० मिनेट राखिसके पछी पखल्ने यसो गर्दा स्ट्रेट गरेको कपाल सधै राम्रो देखिन्छ।



No comments:

Post a Comment