Tuesday, April 7, 2009

ओठको हेरचाह


राम्रो र गुलाबी ओठको चाहना सबै लाई हुन्छ किनकी ओठ पनि अरु लाई आकर्षित गर्ने अंग मध्येको एक हो। तर जाडोको समयमा धेरैको ओठ फुटेर चिन्तित बनेको पाइन्छ। ओठ महिलाको सुन्दरताको प्रतिक मानिन्छ। ओठको हेरचाहमा पर्याप्त ध्यान दिएमा जुन सुकै समयमा पनि ओठ सुन्दर हुनसक्छ। ओठलाई सुन्दर बनाउने केही तरिकाहरु तल दिईएका छन:

-शरिरमा पानिको कमी हुदा ओठ फुट्ने हुनाले सके सम्म बढी पानि पिउनु पर्दछ।

- भिटामिन 'सी' र भिटामिन 'बी' को कमीले ओठ कालो हुने समस्या देखा पर्ने हुनाले सकेसम्म भिटामिन 'बी' र भिटामिन 'सी' युक्त खानेकुरा खानु पर्दछ।

-भ्यासलिन लगाएमा ओठ मुलायम र नरम रहन्छ।

-ओठ धेरै चाट्ने बानी गर्नु हुदैन यसो गर्नाले ओठ फुट्न सक्छ।

-लिपिस्टिक लगाउने महिलाहरुले सुत्ने बेलामा लिपिस्टिक पुछेर मात्र सुत्नु पर्दछ।

-ओठमा धेरै लिपिस्टिक लगाएर राख्नाले ओठ कालो हुन सक्दछ त्यसैले लिपिस्टिक लगाउने महिलाहरुले ओठ नियमित रुपमा सफा गर्नु पर्दछ।

-घाममा जानु भन्दा अगाडी ओठमा लिप गार्डको प्रयोग गर्नु पर्दछ।

-घाममा धेरै बेर सम्म बस्नु हुदैन।

-ओठ टोक्ने वा चपाउने गर्नु हुदैन।

-पान सुपारी खानु हुदैन।

-महिलाहरुले लिपिस्टिक लगाउदा सकेसम्म पुरानो र कमसल लिपिस्टिक प्रयोग गर्नु हुदैन र पुछदा धेरै रगडेर पुछनु हुदैन।

No comments:

Post a Comment