Tuesday, April 7, 2009

सुन्दर अनुहारको लागी घरेलु तरिका


सुन्दर देखिन सुन्दर त्वचा सुन्दर हुनु जरुरी छ। सुन्दर अनुहारको लागी रसयन युक्त थुप्रै चिजहरु बजारमा पाईने भए पनि घरेलु सामाग्रीको पनि उतिकै महत्वपूर्ण भुमिका रहेको हुन्छ। त्वचाको घरेलु तरिकाले उचित हेरचाह गरेमा पनि सुन्दर अनुहार पाउन सकिन्छ। सुन्दर त्वचाको लागी केही घरेलु उपायहरु यस प्रकार छन।
-साबुन पानीले अनुहार धुनुका साथै हप्तामा कम्तिमा एकपटक आफ्नो अनुहार मालिस गरेमा अनुहारको छालामा रक्तसंचार बृद्दी भइ छाला सुन्दर देखिन्छ र यसका साथै चाउरी पनि हटेर जान्छ।
-गाजरको रसमा जौ वा सोयाविनको आटा मिलाएर अनुहारमा लगाउने गर्नाले अनुहारका मृत छालाका कोषहरु हटेर जान्छन।
-रुखो छाला भएमा बदामको रोगनले मालिस गरेमा वा त्यसको लेप लगाएमा छाला मुलायम हुन्छ।
-दुई चम्चा मेवाको गुदी र कागतीको रस मिलाएर अनुहारमा लगाई बिस मिनेट पछि पखालेमा अनुहारमा चमक आउँदछ।
-रुखो छाला भएकाले नुहाउने बेलामा एक चम्चा जैतुनको तेल पानिमा मिलाएर नुहाउने गरेमा शरिरमा आकर्षण बढदछ र छाला धेरै रुखो भएकाले नुहाएको १५ मिनेट पछि फेरी मालिस गर्न सकिन्छ।
-एक चम्चा निमको पातको धुलो, एक चम्चा आटा, दुई चम्चा दही र त्यसमा कगतीको रस मिलाई अनुहारमा लगाई केही समय पछि धुने गरेमा अनुहारको चाउरीपना र काला दागहरु लाई फाईदा पुग्दछ।

No comments:

Post a Comment