Thursday, April 23, 2009

SLC and Bike


पोखरा, हावापानी, अनि वसार्ँइको हिसावले अन्य ठाउँको तुलनामा राम्रो मानिन्छ । अझ पर्यटकिय हिसावले त पोखरा ज्यादै धनि मानिन्छ । पोखरालाई पर्यटकहरुको महत्वपर्ुण्ा गन्तव्यको रुपमा हर्ेर्ने गर्दछन्, पर्यटक व्यावसायीहरु । आदिवासी जनजाति मध्ये पर्ने गुरुङ्गजातिहरुको वाहुल्यता रहेको यस ठाउँमा गुरुङ्गहरु विदेश जानु र लाहुरे हुनुलाई आफुहरुको वावु वाजेको पालादेखिको चलि आएको चलन मान्दछन् । त्यसकारण पनि हुन सक्दछ, यहाँ विदेश जाने र लाहुरे हुने परम्परा अत्यन्त व्याप्त रहेको छ । प्रसंग थोरै बदल्न चाहें । पोखरा यस्तो शहर हो जहाँ अन्य शहरको तुलनामा नयाँ नयाँ Motorbike हरु गुड्ने गर्दछ । विदेशवाटै राम्रो र महंगो Bike हरु लाहुरे हरुले लिएर आउने गर्दछन् भने यहाँ उपलब्ध हुने दष्पभ हरु जो हेर्दा राम्रो र यूनिक होस् prize को कुनै मतलव नै हँुदैन सजिलै किन्दछन् । लाहुरेहरु जो छोराछोरीको Bike किनि दिने आग्रहलाई सजिलै स्विकारी दिन्छन् त्यसै कारण पनि पोखरा शहर अहिले एउटा Biker शहर बन्दै गएको छ भन्दा फरक नपर्ला ।

अहिलेको यो मौसम भनेको SLC को मौसम हो । जसलाई शिक्षाको फलामको गेटको रुपमा हेरिन्छ । SLC दिने सम्पुर्ण विद्यार्थीहरु यतिवेला कसरी SLC उत्तीर्ण गर्न सकिन्छ भन्ने विषयमानै केन्द्रित भइरहेको छ । उच्च शिक्षा हाँसिल गर्नको निम्ति पनि SLC पार गर्नै पर्ने हुन्छ, र त्यहि तयारीका साथ विद्यार्थीहरु जुटिरहेको छ । अर्को थरि विद्यार्थीहरु जो शहरमानै हुर्के बढेका छन्, वोर्र्डिमा पढेर SLC दिंदै छन्, उनीहरुको लक्ष्य SLC दिनु त हुन्छ नै तर SLC पास गरि सके पछि Bike किन्नुनै उनीहरुको ठुलो लक्ष्य रहेको हुन्छ । समयको माग भनौं या साथीभाइहरुको संगत उनीहरुलाई Bike किन्नै पर्ने हुन्छ । PULSAR 200, FZ, VR यूवा वर्गको रोजाइका Bike हरुहुन् भने, Nova, Scooty Pep, Honda Dio यूवतीहरुको रोजाईका Bike हरुहुन् । लाहुरेहरु जो अहिले पनि Service मानै UK, BRUNEI, AFGANISTHAN, IRAQ स्थानमा कार्यरत छन् ज्यानको वाजी लगाएर कमाएको कमाएको कस्को लागि त ! त्यहि छोराछोरीको लागि हैन ! २ महिनाको कमाई त हो नी ! जसले उनीहरुको इच्छा पुरा हुन्छ, राम्रोसँग पढ्छ भने त्यो के नै हो र ! यस्तै सोंचाईले बाबा आमाले Bike सजिलै किनि दिन्छन् तर परिणमा सोंचेको भन्दा परक हुन्छ । वोडिङ पढेर SLC दिने यूवाहरु १५,१६ वर्षो मात्र हुने गर्दछ । त्यो वेला न उनीहरुको नागरीकता निस्केको हुन्छ ,न Licence नै, तर दष्पभ भने सजिलै निस्किने गर्दछ । कागज पत्र नहुँदा सँधै चोर वाटो लुक्दै हिंड्नु पर्दछ भने यूवाजोस Speed त्यस्तै हुन्छ, दुर्घटनाका प्रमुख कारण पनि यहिनै हो । २ लाखका Bike किनि दिएर राम्रो सँग पढ्छ भने किन नकिनि दिनु प्राय आमाहरुको यस्तै प्रतिक्रिया रहेको पाइन्छ । मिलन टोल निवासी मेतिसरा गुरुङ्ग पनि यस्तै कुरा व्यक्त गर्नु हुन्छ । " छोरा यस पटक SLC दिने हो, Bike किनि दियो भने राम्रो सँग पढ्छु भन्छ, मैले त किनि दिने विचार गरेको छु ।" वहाँकै छोरा नविन गुरुङ्ग," साथीहरु सबै सँग Bike छ, सँधै उनीहरुको पछाडीमात्र वसेर कति हिंड्ने ! अब त आफ्नै चाहियो नी !" बाबा विदेशमा हुने, घरमा आमा मात्र हुने भएको हुनाले पनि उनीहरुको इच्छा सजिलै पुरा हुने गर्दछ । आमाको माया, समयको माग, र पुगीसरी आएको हुनाले पनि यस्तो र्सतहरु सजिलै पुरा हुने गर्दछ । यस्तो खालको र्सतमा भने प्राय जसोले खुसी खुसी किनिदिने पाइएको छ, कमैमात्रले वाध्य भएर किनिदिनु परेको वताए । राम वजार निवासी शिला आले भन्नु हुन्छ, " वाध्य भन्द पनि समयको माग हो किनि दिएर खासै फरक पर्दैन, आफ्नै वच्चाहरु त हो सम्झाए त भइहाल्छ नी !" हुन पनि यो समयको माग पनि हो, भने विकृति पनि हो । यसमा फाइदा वेफाइदा दुवै रहेको छ । तर SLC लाई Target वनाएर Bike किन्नै पर्ने परिस्थिति सृजना गर्नु भने पक्कै राम्रो कुरा होइन । यो विषयमा अविभावक, र यूवा वर्ग आँफै सचेत हुन अत्यन्त जरुरी रहन्छ । आफ्नो र घरको आवश्यकतालाई ध्यानमा राखेर Bike किन्नले आफुमा जिम्मेवारीको वोध गराउँछ भने अन्जानमा Force गरेर, र्सतहरु राखेर Bike किन्ने गर्दछ, उनीहरुमा जिम्मेवारीको वोध हुँदैन, जे गर्न मन लाग्यो त्यहि गर्ने हुन्छ, जसको परिणम ज्यादै भयावह हुने गर्दछ, त्यो मृत्युनै किन नहोस् । युग अहिले २१औं शताब्दीमा दौडिरहेको छ । परिवर्तन, अनि आवश्यकता अहिलेको माग नै हो तर यसलाई सहि ढंगले सदुपयोग गर्न सकेनै यूवा वर्गको भविष्य सुनौलो हुन सक्दछ होइन भने जिवन अन्धकारमय वन्न केहि वेर नलाग्न पनि सक्छ ।
Source

No comments:

Post a Comment