Tuesday, April 7, 2009

फ्रेस रहने तरीकाहरु


प्रत्येक मानिसलाई आफ्नो शरिर सुन्दर र राम्रो होस भन्ने चाहना हुन्छ। तर शरिर जति सुकै राम्रो भएपनि शरिर फुर्तिलो नभएमा आकर्षक देखिदैन र बाहिर बाट हेर्दा निरास भएजस्तो देखिन्छ। आफ्नो शरिरलाई फुर्तिलो र आलस्य रहित बनाउन हामीहरुले खाने दैनिक भोजनको पनि हात रहेको हुन्छ। हामीले आफ्नो भोजनलाई नियमित गरी विषेश ध्यान दिएमा पक्कै पनि हाम्रो शरिर फुर्तिलो बन्छ। यसका लागी केही टिप्स तल दिईएका छन:

-सकेसम्म आफ्नो उचाई र उमेर अनुसार आफ्नो वजन कायम राख्नु पर्दछ। शरिर बढी मोटो भएमा आलस्य बढेर आँउदछ।
-हरिया सागसब्जीहरु खाँदा सकेसम्म काँचै वा बढी नपकाई खाने गरेमा तिनमा रहेको क्यालोरी नष्ट हुन पाउँदैन र त्यसले शरिरको काम गर्ने क्षमता बढाउँछ।
-सकेसम्म भारी भोजन गर्नु भन्दा हल्का तर लगातर भोजन गर्ने बानी बसालेमा भोजन पचाउन लाग्ने उर्जा कम हुन्छ।
-सकेसम्म बाहिरी खानेकुरालाई भन्दा घरमा बनेका खानेकुरा खाने बानी बसाल्नु उचित हुन्छ।
-बोसो युक्त र धेरै चिल्लो पदार्थ भएका खानेकुरा कम खानु राम्रो हुन्छ।
-सकेसम्म बढी तरल पदार्थ (जुस, पानी आदी) पिउनु राम्रो हुन्छ।
-धेरै चिया वा कफी पिउनुहुदैन। धेरै अल्कोहलले धरिरमा पानीको मात्रा कम गर्ने हुनाले धेरै अल्कोहल लाभदायक हुदैन।
-व्यायाम गरेपछि प्रोटिन युक्त भोजन गर्नु पर्दछ र शरिरलाई पर्याप्त निद्राको आवश्यकता पर्ने हुँदा पर्याप्त सुत्नुपर्दछ।

No comments:

Post a Comment