Tuesday, April 28, 2009

Bullet Proof Bra


ब्राको काम महिलाहरूको वक्ष सुन्दरतालाइ मात्र बढाउने होइन रहेछ भनेर हालै मात्र प्रमाणित भएको छ । यसले अमेरिकाकी एक महिलालाइ छातिमा गोली लाग्नबाट समेत जोगाएको छ ।

प्रहरीका अनुसार, उनी आफ्नो घरको बरन्डामा बसिरहेकी थिइन् । उनले छिमेकमा तीन चोरहरू देखिन् । अब असल छिमेकीले त हल्ला गर्नै पर्यो । त्यो कर्तव्य उनले राम्रैसित निभाइन् । यो कर्तव्य चोरहरूलाइ कत्ति पनि मन नपर्नु पनि स्वाभाविक नै थियो । त्यसैले उनीमाथि तिनले गोली प्रहार गरे ।

गोली सिधै उनको छातिमा लाग्यो । तर धन्न उनले लगाएको ब्रामा प्रयोग गरिएको डोरीमा लाग्यो । त्यो डोरी चाहिँ ती महिलाका अनुसार, तारले बनाइएको थियो । गोलीले तारलाइ छेड्न सकेन ।

गोलीले छालालाइ कुनै पनि हानी नपुर्याएका कारण ती ५७ वर्षे महिलाको ज्यान जोगिएको छ । महिलाको पहिचान चाहिँ प्रहरीले खुलाएको छैन । उनलाइ तत्काल अस्पताल पुर्याइएको र डाक्टरले पनि उनलाइ ज्यानको कुनै खतरा नरहेको बताएका छन् ।

डेट्रोइटका प्रहरी अधिकारी लियोन रहमानले भने- "ब्राले गोलीको धक्कालाइ कम गर्यो र छालामा थोरै मात्र घाउ बनायो, जुन ज्यानै जाने किसिमको चाहिँ थिएन ।"

उनका छिमेकले ती महिलाले लगाउने गरेको गोलीसमेत रोक्न सक्ने त्यो ब्रा कुन कम्पनीको र के नाउँको थियो भनेर धुइँपाताल खोजी शुरू गरेका छन् ।

No comments:

Post a Comment