Tuesday, April 7, 2009

सौन्दर्यको लागी निद्रा


हामीलाई प्रकृतिले दिएको उपहारहरु मध्ये निद्रा पनि एउटा अनुपम उपहार हो । मिठो निद्रा पछिको ताजापन र स्फुर्ति अरु कुनै वस्तुले दिन सक्दैन । त्यसैले संसार भरीका त्त्वचा विशेषज्ञहरुले त्त्वचाको समस्या भएकाहरुलाई ह्ल्का tranquilizer मिसिएको औषधी दिंन्छन् जसले निदाउन मद्दत गर्छ । निद्रा नपुगेमा छाला सुख्खा तथा हुन्छ किनभने छालाले तपाईं सुतेको बेलामा मात्र मरेका कोषहरुलाई फ्याँकेर नयाँ कोषहरुको उत्पादन गर्छ । सामान्य मानिसहरुलाई औसत आठ घण्टा निद्राको जरुरत पर्छ । तर तपाईलाई धेरै कारणहरुले निद्राबाट बञ्चित गराउन सक्छ ।

जस्तै :
-अबेर सम्म टि.भी. हेरेर बस्ने बानी ।
-जीवनमा हुने ठूला परिवर्तनहरु ।
-व्यस्तता, समयमा खाना नखाने अथवा अबेर खाने बानी ।
-धेरै चिया अथवा कफी खाने बानी ।
-धेरै कडा अथवा धेरै नरम बिछ्यौना ।
-कडा अथवा धेरै मोटो शिरानी ।

यस्ता बनीहरु ह्टाउन तपाईंले आफूलाई अनुशासनमा राख्न सक्नु पर्छ र माथी उल्लेखित बानीहरु त्याग्नु पर्छ । यदि तपाईंले निम्न कुराहरुको अनुसरण गर्नु भयो भने तपाईं कहिले पनि निद्राबाट बञ्चित हुनुपर्ने छैन् ।

-निश्चित समयमा सुत्ने बानी बसाल्नुस ।
-दिनमा ५-६ ग्लास भन्दा बढि चिया/कफी नपिउनुस् । सुत्नु भन्दा १ घण्टा अघि चिया/कफी नपिउनुस् ।
-निद्रा धेरै नै महत्त्वपूर्ण कुरा भएकोले र तपाईंले आफ्नो जीवनको उल्लेख्य समय सुतेरै बिताउने भएकोले आफ्नो खाटको लागी खुलेरै खर्च गरेर राम्रो खाट तथा बिछ्यौना किन्नुहोस् ।
-आफ्नो खाटमा सुतिको बिछ्यौना प्रयोग गर्नुहोस र सुत्दा जहिले पनि सुतिबाट बनेको खुल्ला लुगा लगाउनुस् ।
-सुत्नु भन्दा आधा घण्टा अगाडी हातमुख धुने/नुहाउने, दाँत माझ्ने, दुध पिउने बानी गर्नुस् जसले तपाईंलाई मानसिक रूपमा सुत्नको लागी तयार गर्नेछ ।
-सुत्नु अघि गहिरो गहिरो सास फेर्नुस र दिनभरी घटेका रमाइला घटनाहरुलाई याद गर्नुस् । यदि तपाईंको दिमागमा बारम्बार नरमाईला कुराहरु आउँछ भने त्यस्ता कुराहरुलाई रमाइला कुराहरुले हटाउने प्रयास गर्नुस् अथवा कुनै राम्रो संगीत सुन्ने गर्नुस् ।
-रातीको खाना खाएपछि एकछिन हिंड्डुल गर्ने गर्नुस् तर व्यायाम नगर्नुस् ।

यति गर्दा गर्दै पनि तपाईंलाई राम्ररी निद्रा लागेन भने कुनै डाक्टरको सल्लाह लिनुहोस् ।

No comments:

Post a Comment