Tuesday, April 7, 2009

आकर्षक गालाको लागी मेक अप गर्ने तरिका


आकर्षक अनुहारको लागी गाला आकर्षक हुनु अत्यन्तै जरुरी छ। राम्रो र आकर्षक गाला भएमा अनुहार त्यसै चम्किलो र आकर्षक देखिने हुनाले गालाको मेकअपमा विषेश ध्यान दिनु जरुरी हुन्छ। गालाको मेकअप गर्दा गालाको रङ आकारमा विषेश ध्यान दिनु पर्ने हुन्छ।

-यदी गाला गोलो र गुलाबी रङको भएमा त्यसमा मेक अप गर्न सजिलो हुन्छ। गालालाई सुन्दर राख्न ब्लसको प्रयोग गर्न सकिन्छ। तर ब्लस लगाउदा आफुले लगाएको कपडा, लिपिस्टिक र नेल पालिस सँग केही मात्रामा भए पनि मेल खाएमा राम्रो देखिन्छ।

-गोरो छाला भएकाको लागी हल्का ब्लस राम्रो देखिन्छ भने गाढा रङको ब्लस गहुँ गोरो छालाका लागी उपयुक्त हुन्छ। क्रिम ब्लस विशेश गरेर शुष्क छालाको लागी उपयुक्त हुन्छ भने पाउडर ब्लस तैलिय र सामान्य छालाका लागी राम्रो मानिन्छ।

-अण्डाकार अनुहार भएकाको लागी ब्लसलाई चिउडोमा लगाउनु पर्दछ।

-अनुहार गोलाकार भएकाको लागी गालाको कुनाबाट शुरु गरेर नाकको कुनासम्म त्रिकोण रुपले लगाउनु पर्दछ। अन्य आकारको अनुहारमा ब्लस नाकको कुना सम्म लगाउनु पर्दछ।

-आफ्नो गाला लाई सफा र चम्किले राख्न नियमित रुपमा अनुहार सफा साबुन पानीले धुने गर्नु पर्दछ।

-अनुहारमा सकेसम्म तैलिय पदार्थ कम प्रयोग गर्नु राम्रो हुन्छ। तैलिय पदार्थको प्रयोग बढी भएमा अनुहारमा धूलो टाँसिन गई अनुसार फोहोर देखिनुका साथै अनुहारमा डन्डिफोरहरु आउने सम्भावना हुन्छ।

No comments:

Post a Comment